सामुदायिक विद्यालय
स्थानीय अभिभावक, चन्दादाता, समाजसेवी र शिक्षाप्रेमीहरूको सक्रिय योगदानबाट स्थापना भएको यो विद्यालय आज पनि समुदायको सहकार्यबाट अघि बढिरहेको छ।
सुदूरपश्चिम प्रदेश सरकारद्वारा नमुना विकासका लागि छनौट गरिएको विद्यालय
बडीकेदार गाउँपालिका-२, बर्छैन, डोटीमा अवस्थित ऐतिहासिक सामुदायिक विद्यालय, जहाँ बालविकासदेखि कक्षा १२ सम्म साधारण, प्राविधिक र विशेष शिक्षा सञ्चालन हुँदै आएको छ।
बर्छैन माध्यमिक विद्यालय
Shree Barchhain Secondary School
स्थानीय अभिभावक, चन्दादाता, समाजसेवी र शिक्षाप्रेमीहरूको सक्रिय योगदानबाट स्थापना भएको यो विद्यालय आज पनि समुदायको सहकार्यबाट अघि बढिरहेको छ।
बर्छैनको कटौजे डाँडामा रहेको विद्यालय हरियाली, शान्त वातावरण र सहजपुर-बि.पि.नगर-बोगटान सडकसँग जोडिएको स्थानमा अवस्थित छ।
विद्यालय गुरुयोजनाले गुणस्तरीय सिकाइ, ICT, सुरक्षित पूर्वाधार, जवाफदेही व्यवस्थापन, समावेशिता र अभिभावकको पहिलो रोजाइको विद्यालय बनाउने लक्ष्य लिएको छ।
ऐतिहासिक पृष्ठभूमि
यस क्षेत्रमा शिक्षाप्रतिको चेतना विस्तार हुँदै जाँदा जनश्रमदान, चन्दा र स्थानीय नेतृत्वको सहयोगमा वि.सं. २०१७ सालमा बर्छैन प्रा.वि.का रूपमा विद्यालयको यात्रा सुरु भयो।
करिब ३० जना विद्यार्थी र साधारण खरले छाएको छाप्रोबाट बर्छैन प्रा.वि.का रूपमा पठनपाठन सुरु भयो।
रेकामी डाँडाबाट विद्यालय स्थानान्तरण भई कटौजे डाँडामा स्थायी रूपमा स्थापना भयो।
विद्यालयले निम्न माध्यमिक तह सञ्चालनको स्वीकृति प्राप्त गर्यो।
माध्यमिक तह सञ्चालन सुरु भयो र स्थानीय विद्यार्थीका लागि थप शैक्षिक अवसर विस्तार भयो।
बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय सुविधा सहित स्रोत कक्षा सञ्चालन भयो।
कक्षा ११ र १२ सञ्चालन सुरु भयो।
CTEVT बाट सम्बन्धन प्राप्त गरी डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालन भयो।
सञ्चालित कार्यक्रम
विद्यालयले साधारण विद्यालय शिक्षा, कक्षा ११-१२, CTEVT प्राविधिक शिक्षा र विशेष आवश्यकता भएका बालबालिकाका लागि स्रोत कक्षामार्फत सेवा दिँदै आएको छ।
प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म साधारण धारको शिक्षा।
कक्षा ११ र १२ मा शिक्षा तथा वाणिज्य/व्यवस्थापन समूहका कक्षा।
वि.सं. २०७६ देखि CTEVT सम्बन्धनमा तीन वर्षे प्राविधिक कार्यक्रम।
बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय स्रोत कक्षा।
दीर्घकालीन सोच
सर्वसुलभ, समावेशी, प्रविधियुक्त र जीवन उपयोगी शिक्षाको माध्यमबाट विद्यार्थीमा सिर्जनशीलता, नेतृत्व, उद्यमशीलता, समस्या समाधान क्षमता, नैतिकता, सामाजिक न्याय र दिगो विकासको चेतना विकास गरी उत्तरदायी नागरिक बनाउने।
मुख्य लक्ष्य
भौतिक संरचना, ICT र डिजिटल सिकाइ सशक्त बनाउने।
व्यवहारिक र परियोजना-आधारित शिक्षणबाट सिकाइ उपलब्धि सुधार गर्ने।
शिक्षकको निरन्तर पेशागत विकास सुनिश्चित गर्ने।
सुरक्षित, स्वच्छ, बालमैत्री र समावेशी पूर्वाधार निर्माण गर्ने।
अभिभावक, समुदाय र स्थानीय सरकारसँग सहकार्य बढाउने।
पाँच वर्षभित्र विद्यालयलाई अग्रणी नमुना विद्यालयका रूपमा स्थापित गर्ने।
नेतृत्व
शिक्षाले हरेक बालबालिकालाई सक्षम, नैतिक, सिर्जनशील र उत्तरदायी बनाउनुपर्छ। हाम्रो विद्यालय गुणस्तरीय सिकाइ, व्यवहारिक सीप, प्रविधिमैत्री शिक्षण, समावेशी सहयोग र समुदाय सहकार्यलाई बलियो बनाउन निरन्तर कार्यरत छ।
Indra Bahadur Bam
प्रधानाध्यापक, बर्छैन माध्यमिक विद्यालय
भर्ना, शैक्षिक कार्यक्रम, प्राविधिक शिक्षा तथा समुदाय सहकार्यका लागि विद्यालय कार्यालयमा सम्पर्क गर्नुहोस्।